शनिबार, मंसिर ६, २०८२

राखेपको योजना र बजेट पारित, यी हुन् बोर्ड बैठकका निर्णय

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आइतबार बसेको ११३औँ राखेप बोर्ड बैठकले योजना तथा बजेट पारित गरेको हो।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को चालु आर्थिक वर्षको वार्षिक योजना, कार्यक्रम तथा बजेट पारित भएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आइतबार बसेको ११३औँ राखेप बोर्ड बैठकले योजना तथा बजेट पारित गरेको हो। 

National life

बैठकले नवौं राष्ट्रिय खेलकुदका खेलाडी तथा अफिसियललाई दैनिक २ हजार रुपैयाँ भत्ता दिने, प्रदेश छनौटका लागि आवश्यक बजेट उपलब्ध गराउने, सम्बन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्बन्धित टिममा सहभागी हुनुपर्नेलगायतका निर्णय गरेको छ।

प्रदेश तथा विभागीय टीमहरुले भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्ममा नाम दर्ता गराइसक्नुपर्ने, प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गर्ने, ३६ खेलमा प्रतिष्पर्दा हुने र २ वटा खेलको प्रर्दशनी गरिने समेत निर्णय भएको छ।

‘गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुदमा ४०७ प्रकारले खेल इभेन्ट समावेश हुनेछन् भने ११ टिम समावेश हुनेछन्,’ राखेपको सूचनामा उल्लेख छ, ‘राष्ट्रिय खेलकुदको मूल ट्रफी प्रधानमन्त्रीबाट सार्वजनिक गरिने छ भने ट्रफीलाई सातै प्रदेश तथा तीन विभागिय टोलीको मुख्यालयमा प्रर्दशन गरिने छ।’

त्यस्तै, प्रतियोगिताको एकल प्रतिष्पर्दामा स्वर्णपदक विजेता खेलाडीलाई नगद रु२५ हजार, टिम ईभेन्टमा स्वर्ण विजेतालाई रु १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई रु ५० हजार उपलब्ध गराउने निर्णय भएको राखेपले जानकारी दिएको छ।

Laxmi sunrise bank
kumari

बैठकले राखेपको परिषद्को कर्मचारी सेवा, सर्तसम्बन्धी विनियम तयार गर्न परिषद सदस्य प्रकाश कुसारीको संयोजकत्वमा समिति निर्माण भएको छ।

परिषद्को भौतिक संरचना तथा सम्पत्ति यकिन तथा प्रदेशमा हस्तान्तरण सम्बन्धी परिषद सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति निर्माण गरेको बैठकले खेल संघ विवाद सहजिकरणमा उपाध्यक्ष शिव कोईरालाको संयोजकत्वमा समिति गठन  गरेको बैठकले निर्णाय गरेको राखेपले जानकारी दिएको छ। 

राखेपअन्तर्गत काम गरिरहेका कर्मचारीहरुलाई अर्को व्यवस्था नभए सम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाईने  निर्णय बोर्डको बैठकले गरेको छ भने अर्को वर्ष पाकिस्तानमा हुने चौधौं साग, २०२३ मा हुने १९ औ एशियाली खेलकुद,२०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शितकालिन ओलम्पिक र २०२६ को डकार युथ ओलम्पिक गेम्सका तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्न ओ एन्ड एम सर्भे समिति गठन पनि हुने भएको छ।

त्यस्तै बैठकले खेलाडी छात्रवास निर्माण र मुलपानीमा एनएससी फिट्नेस सेन्टरको स्थापना गर्ने बोर्डले निर्णय गरेको छ।

प्रकाशित: Jul 31, 2022| 22:14 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।