शुक्रबार, मंसिर १२, २०८२

गठबन्धनले मुलुक अस्तव्यस्त बन्यो : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारका कारण मुलुक अस्तव्यस्त बनेको बताएका छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

बुटवल– नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारका कारण मुलुक अस्तव्यस्त बनेको बताएका छन्।

National life

मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी खेलाडीहरुको सम्मान कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले सत्ता गठबन्धनका कारण मुलुकको सबै क्षेत्र अस्तव्यस्त बनेको बताएका हुन्।

‘महँगी र भ्रष्टाचार बढेको छ। शिक्षा, स्वास्थ्य, खेलकुद जताततै अस्तव्यस्तता छ,’ पौडेलले भने। उनले गठबन्धनलाई सत्ता कसरी जोगाउने भन्ने मात्र चिन्ता रहेको बताए। एमाले सरकारबाट हटेपछि देशमा देखिएको बेथितीले पनि एमाले बाहेक अरुले नेतृत्व गर्न नसक्ने कुराको पुष्टि हुने पनि उनले बताए।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रुपन्देहीबाट स्वर्ण, रजत र कास्यपदक विजेता खेलाडीलाई सम्मान गर्दै पूर्व खेलकुदमन्त्री समेत रहेका पौडेलले खेलाडी राष्ट्रका गहना नभई आधार स्तम्भ रहेको बताए। खेलाडीहरुको समस्यामा हरेक समय साथ दिन एमाले तयार रहेको र उनीहरुका मुद्दा सम्बोधनका लागि निरन्तर क्रियाशिल रहने पनि पौडेलले बताए।

प्रकाशित: Jul 31, 2022| 20:41 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।