काठमाडौं– भारतको भुवनेश्वरमा जारी यू २० साफ च्याम्पियनसिपमा अहिले नेपालले छिमेकी मुलुक भारतको सामना गरिरहेको छ।
खेलको पहिलो हाफमा नेपाल एक गोलले पछि परेको छ। ३२ औं मिनेटमा भारतका टाइसन सिंहले गोल गरेपछि नेपाल एक गोलले पछि परेको हो।
यसअघि नेपालले श्रीलंका र माल्दिभ्सलाई हराइसकेको छ। तेस्रो जितको लक्ष्यका साथ मैदान पसेको नेपालले पहिलो हाफमा एक गोलको सामना गरेको हो।
यता भारतले पहिलो खेलमा हार बेहोरेपछि दोस्रो खेलमा जित निकालेको छ।