शनिबार, जेठ ३०, २०८३

जनार्दनको कल डिटेल हेर्न नदिइएकोमा ओलीको आक्रोश

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकिरसमेत गरे।

National life

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नै गायक गरिएको दाबीसमेत गरे।

अध्यक्ष ओलीले भने,  ‘अहिले सिसिटिभी राख्दा त फुटेज गायब। आजकालको जमानामा कल डिटेल हुन्छ। तर, हेर्न नपाइने ।  ऊ बेला चोरी पत्ता लगाउनु पर्यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो।’ 

संसदीय छानबिन समितिले दोषी प्रमाणित नगरेपछि जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त भइसकेका छन्।

प्रकाशित: Jul 31, 2022| 18:13 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...