शुक्रबार, मंसिर १२, २०८२

बाबुरामको पक्षमा लुम्बिनीका बहुमत सदस्य

लुम्बिनी प्रदेशका ३ जना पूर्वमन्त्रीसहित बहुसंख्यक केन्द्रीय सदस्य जनता समाजवादी पार्टी परित्याग गरी डा. बाबुराम भट्टराईको पक्षमा लाग्ने भएका छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

बुटवल– लुम्बिनी प्रदेशका ३ जना पूर्वमन्त्रीसहित बहुसंख्यक केन्द्रीय सदस्य जनता समाजवादी पार्टी परित्याग गरी डा. बाबुराम भट्टराईको पक्षमा लाग्ने भएका छन्। मधेशपछि जसपाको राम्रो आधार क्षेत्र मानिएको लुम्बिनी प्रदेशका ५८ केन्द्रीय सदस्यमध्ये ३३ जना केन्द्रीय सदस्य डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध हुने निर्णयमा पुगेका हुन्।

National life

लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकले जसपाबाट राजीनामा दिएर पूर्वमन्त्री एवं लुम्बिनी इन्चार्ज दानबहादुर चौधरीको नेतृत्वमा नेपाल समाजवादी पार्टीमा आबद्ध ३३ जनाले डा. भट्टराईलाई साथ दिने निर्णय गर्दै जसपा परित्याग गरेको घोषणा गरेका छन्। जसपा अध्यक्ष उप्रेन्द्र यादवको एकलौटी र जातिवाद प्रवृत्तिका कारण लुम्बिनीबाट बहुमत केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरेको प्रदेश इन्चार्ज चौधरीले बताए। ‘उप्रेन्द्रजीमा पोलिटिकल नेचर देखिएन, अहंकार र दम्भ बढी नै देखियो,’ उनले भने, ‘त्यसैले हामी त्यहाँ रहन सकेनौं, अब डा. बाबुराम भट्टराईसँगै रहन्छौं।’

चौधरी सहित पूर्वमन्त्री एवं प्रदेशका सहइन्चार्ज मोहम्मद वकिल मुसलमान, सहइन्चार्ज पूर्व सांसद चिनक कुर्मी, सहइन्चार्ज कमल खनाल, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोविन्द चौधरीले जसपा परित्याग गरेका छन्। त्यसैगरी विष्णुहरि शर्मा, प्रदेश समितिका मुख्य सचिव एवं केन्द्रीय सदस्य यज्ञप्रसाद पोखरेल, सुरेन्द्र पटेल, कर्णध्वज केसी, उर्मिला पाण्डे, देवेन्द्र पाण्डे, किस्मत बिक, अब्दुल रहमान, बिमल गिरी, विश्वदीप पाण्डे, तेजेन्द्र थापा, राजु नेपाली, छन्द पन्थीले जसपा परित्याग गरी नेपाल समाजवादी पार्टी समाहित हुने निर्णय गरेका छन्।

त्यसैगरी जसपा परित्याग गर्नेहरुमा अतिउल्ला मुसलमान, उमाशंकर यादव, घमानसिंह गुरुङ, जितमान पुन, उपेन्द्रलाल कामी, हिक्मत बिक, वेदप्रकाश आचार्य, गजाधर सुनार, हरि रिजाल, नारायण खनाल, डा.मुक्ति रिजाल, सुनिता काफ्ले, पंकज राई, गोकर्ण थापा र वीरेन्द्र हरिजन छन्। 


Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 31, 2022| 17:58 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।