आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पदाधिकारी र जनार्दनबारे छलफल हुने

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पदाधिकारी र जनार्दनबारे छलफल हुने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको छ। 

आजको बैठकमा केन्द्रीय पदाधिकारी र पोलिटब्युरो चयनका विषयमा छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए। उनका अनुसार आजको बैठकमा अर्थमन्त्रीका विषयमा पनि छलफल हुने छ।

बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। 

उनीबारे छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिए पनि उसले शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको जनाइसकेको छ।   

शर्मामाथि बजेट निर्माणका बेला करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेको छ।

यहीबीच शर्माले फेरि अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्न नजाने बताएका छन्। जावलाखेलस्थित निजी निवासमा शनिबार बेलुकी भेट्न आएका आफूनिकट माओवादी नेताहरूसँगको छलफलका क्रममा तत्कालै अर्थमन्त्रालयमा फर्किने पक्षमा आफू नरहेको शर्माले बताएका हुन्। 

११ सदस्यीय संसदीय विशेष छानबिन समितिले सफाइ दिएको भोलिपल्ट शनिबार निवासमै माओवादीका केही नेताहरूसँगको कुराकानीका क्रममा शर्माले अर्थमा नफर्किने बताएका थिए।

जनार्दनले दुवै आरोपबाट सफाइ पाइसकेका छन्। यस्तोमा आइतबारसम्म जनार्दनलाई अर्थमा फर्काएर शपथ खुवाउने चर्चा भइरहेका बेला उनी आफैंले भने नफर्किने बताएका हुन्।

प्रकाशित: Jul 31, 2022| 07:38 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...