शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतलाई पराजित गर्दै फाइनल यात्रा निश्चित गर्ने लक्ष्यमा नेपाल

भारतलाई पराजित गर्दै फाइनल यात्रा निश्चित गर्ने लक्ष्यमा नेपाल

साफ यू-२० च्याम्पियनसिपअन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ। कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- साफ यू-२० च्याम्पियनसिपअन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ। कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ।

National life

मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितकै लागि खेल्ने बताए। जितको लक्ष्यसहित खेलाडीलाई मैदान प्रवेश गराउने उनको भनाइ छ।  

नेपाल र भारत दुबैको लागि यस खेल महत्वपूर्ण रहेको छ। दुबै टोली एकले अर्कोलाई हराएर फाइनलको यात्रा निश्चित गर्ने लक्ष्यमा हुनेछन्।

उता श्रीलंका लगातार तीन खेल गुमाएर प्रतियोगिताबाट बाहिरिइसकेको छ। बंगलादेश तीन खेलमा तीनै जित निकालेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा दुई खेलमा दुई जित निकालेको नेपाल छ । तेस्रो स्थानमा भारत छ। उसको तीन अंक छ।

नेपाल र भारतबीचको खेल हुनुअघि सवा ४ बजे माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपाल भारतमाथि विजयी भए प्रतियोगितामा सबै प्रकारका समीकरण समाप्त हुनेछ। त्यस स्थितिमा राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा नेपाल र शंगलादेश फाइनल पुग्नेछन्। पराबरी स्थितिमा बंगलादेश फाइनल पुग्ने पहिलो टिम हुनेछ। दोस्रो टिमका लागि लिग चरणको अन्तिम खेल कुर्नुपर्ने छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 31, 2022| 06:36 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।