बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

स्पेनमा मंकिपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि

स्पेनमा मंकिपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ। स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मंकिपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो।
 |  शनिबार, साउन १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

मड्रिड- स्पेनमा मंकिपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ।  स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मंकिपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो।

himalayan bank box

यूरोपमा हालै देखिएको यस प्रकोपसँग सम्बन्धित पहिलो मृत्युको घोषणा गरेको एक दिनपछि स्पेनले उक्त जानकारी दिएको हो।  मन्त्रालयले भनेको छ, 'कूल तीन हजार ७५० मा मंकिपक्स सङ्क्रमणको शङ्का गरिएको छ भने उनीहरूमध्ये १२० जनालाई अस्पतालमा भर्ना गरिएको छ र दुई जनाको मृत्यु भएको छ।' 

मन्त्रालयको रिपोर्टमा थप भनिएको छ, 'मृतकमध्ये दुई युवकहरू’ थिए र दुवै मृत्युका बारेमा थप अध्ययनहरू भइरहेका छन्।' स्वास्थ्य मन्त्रालयको आकस्मिक तथा सचेतना समन्वय केन्द्रका अनुसार स्पेनमा कूल चार हजार २९८ जनालाई मंकिपक्सको सङ्क्रमण भएको हुनसक्ने प्रारम्भिक परीक्षणले देखाएको छ।

मंकिपक्स सङ्क्रमणको दृष्टिले स्पेन विश्वकै बढी प्रभावित मुलकमध्ये एक बनेको छ।  ब्राजिलले पनि गत शुक्रबार आफ्नो मुलुकमा मंकिपक्स सङ्क्रमित पहिलो विरामीको मृत्यु भएको घोषणा गरेको थियो। 

यस पहिले अफ्रिकामा मंकिपक्स सङ्क्रमित नागरिकको मृत्यु भएको थियो। अफ्रिकामा सन् १९७० मा पहिलो पटक पत्ता लागेको यो भाइरसले यहाँ  तत्कालिन समयमा महामारीको रूप लिएको थियो।

Metro Mart
vianet

यद्यपि यस बर्ष मंकिपक्स सङ्क्रमित तीन जनाको नै यही समस्याका कारण मृत्यु भएको हो वा होइन अझै खुल्न सकेको छैन। विश्व स्वास्थ्य संगठनले यो प्रकोपलाई विश्वव्यापी स्वास्थ्य सङ्कटकारूपमा घोषणा गरेको छ र यो सबैभन्दा उच्च सतर्कता स्तर हो।

डब्ल्यरूएचओका प्रमुख टेड्रोस आधानोम घेब्रेयससका अनुसार यस बर्ष मंकिपक्सका अधिकांश सङ्क्रमणहरू यूरोपमा पुष्टि भएका छन्। मे महिनाको सुरुदेखि अहिलेसम्ममा विश्वभरि देखिएको मंकिपक्स सङ्क्रमितमध्ये यूरोप क्षेत्रमा झण्डै ७० प्रतिशत समस्या देखिएको छ।

प्रकाशित: Jul 30, 2022| 06:00 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।