आइतबार, जेठ ३, २०८३

दाङमा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु

देउखुरीको गढवामा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु भएको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

दाङ- देउखुरीको गढवामा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु भएको छ।

National life

न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख ६४३२ नम्बरको बसले किच्दा त्यही स्कुलमा पढ्ने गढवा गाउँपालिका वडा नम्बर-७ मानपुर उत्तर टोलकी पूजा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

स्कुल सकेर घर जानेबेला शनिबार स्कुल बसबाट ओर्लेकी बालिकालाई बसको पछाडिको टायरले किचेको थियो। 

गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: Jul 30, 2022| 07:12 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।