आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दम्पतीको हनिट्रयाप धन्दा : श्रीमती अश्लील कुरा गर्ने, श्रीमान् नक्कली पुलिस

दम्पतीको हनिट्रयाप धन्दा : श्रीमती अश्लील कुरा गर्ने, श्रीमान् नक्कली पुलिस

हनि ट्रयापमा संलग्न रहेको आरोपमा भक्तपुरबाट प्रहरीले शुक्रबार एक दम्पतिलाई पक्राउ गरेको छ। विभिन्न व्यक्तिलाई हनि ट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले एक दम्पती पक्राउ गरेको हो।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- हनि ट्रयापमा संलग्न रहेको आरोपमा भक्तपुरबाट प्रहरीले शुक्रबार एक दम्पतिलाई पक्राउ गरेको छ। विभिन्न व्यक्तिलाई हनि ट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले एक दम्पती पक्राउ गरेको हो।

National life

पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-३ बतासेका २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रोजिन राउत रहेका छन्।

उनीहरू हाल भक्तपुरको बालकोट बस्दै आएको प्रहरीले जनाएको छ। रोजिनाले पुरुषलाई फ्रेन्ड रिक्वेस्ट पठाउने र साथी बनाइसकेपछि म्यासेन्जरमा अश्लील कुरा गर्ने गरेको पाइएको छ। 

पुरुष व्यक्तिसँग अश्लील कुरा गरेपछि रकम माग गर्ने र नभए मुद्दा दायर गर्ने धम्की दिएर रकम असुल्ने गरेको खुलेको प्रहरीको भनाइ छ। 

शेखर भने साइबर ब्युरोको प्रहरी निरीक्षक हुँ भन्दै रोजिनासँगको कारोबार मिलाउन नभए पक्राउ गरेर कारबाही अगाडी बढाउने डर देखाउने गरेको पाइएको छ।

उनीहरूले एक कर्मचारीलाई यसरी नै ठगेको खुलेको छ। सुरुमा ती कर्मचारीले एक लाख ६५ हजार रुपैयाँसमेत दिएका थिए। पछि थप ३ लाख रुपैयाँ मागेपछि उनले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गरेका थिए। 

जुरीपछि महाशाखाले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ। उनीहरूले माग गरेअनुसारको तीन लाख रुपैयाँ लिन जाँदा बानेश्वरबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 30, 2022| 06:47 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।