शनिबार, साउन १६, २०८३

लागूऔषधसहित बर्दिबासबाट एक जना पक्राउ

प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

महोत्तरी- प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित लागूऔषध एक्सीपलन साइरुपसहित महोत्तरीका बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई  प्रहरीले  पक्राउ गरेको हो।  

कठुधारस्थित माइस्थान सम्सी सडक खण्डमा अस्थाइ प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिँडेर आइरहेका परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले  जनाएको छ।

उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा पाँच दिन म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए।

प्रकाशित: Jul 30, 2022| 06:37 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।