बिहीबार, मंसिर १३, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकाको मुद्रा सञ्‍चिति एक अर्ब ८५ करोड डलर : केन्द्रीय बैंक

Siddartha premir insuranceSiddartha premir insurance

श्रीलंकाको मुद्रा सञ्‍चिति एक अर्ब ८५ करोड डलर : केन्द्रीय बैंक

सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलंकाको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ।
 |  शनिबार, साउन १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

कोलम्बो- सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलंकाको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ।

himalayan bank box

श्रीलंकाको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा सात अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो तर त्यसबेला देखि सञ्चितिमा निरन्तर ओरालो लाग्दै आएको छ।  सन् २०२० को अन्त्यसम्ममा उक्त मौज्दात पाँच अर्ब ७० करोड डलरमा झरेको थियो।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२१ को अगस्तसम्ममा उक्त मौज्दात तीन अर्ब १० करोड पुगेको र र सन् २०२२ मार्च मसान्तसम्ममा यसमा थप कमी आई एक अर्ब ९० करोड डलर पुगेको थियो। 

आर्थिक सञ्चितिमा आएको गिरावटको अर्थ श्रीलंकालाई इन्धन र औषधि जस्ता अत्यावश्यक वस्तु आयात गर्न समस्या भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अन्य थुप्रै दाताहरूले आर्थिक सहायता पुग्नुुअघि श्रीलंका सरकारले बनाएको ‘म्याक्रोइकोनोमिक’ योजनाबाट नै मुलुकको समस्या सम्बोधन गर्दै गर्न आह्वान गरेका छन्।

प्रकाशित: Jul 30, 2022| 05:00 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।