बिहीबार, पुस ३, २०८२

सामाजिक सुरक्षा भत्ता वितरण गर्न मेयर गाउँ–गाउँमा

बैतडीको मेलौली नगरपालिकामा गाउँ-गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ। नगरपालिकाले हाल अभियानकैरुपमा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको छ। भत्ता वितरणका लागि नगरपालिकाका प्रमुख भीमबहादुर चन्द गाउँटोलमा खटिएका थिए।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

बैतडी- बैतडीको मेलौली नगरपालिकामा गाउँ-गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ। नगरपालिकाले हाल अभियानकैरुपमा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको छ। भत्ता वितरणका लागि नगरपालिकाका प्रमुख भीमबहादुर चन्द गाउँटोलमा खटिएका थिए।  

National life

नगरका ज्येष्ठ नागरिक र अशक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्‍ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू गाउँटोलमा पुगेको नगर प्रमुख चन्दले बताए। उनले भने, 'ज्येष्ठ तथा अशक्त नागरिकको समस्या बुझ्नकै लागि गाउँगाउँ पुगेका हौँ, उनीहरुको समस्या पहिचान गरेर नगरपालिकाले थप सहयोगका कार्यक्रम गर्नेछ।' 

नगरपालिकाले अहिले गत आर्थिक वर्षको तेस्रो र चाथौ त्रैमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेका लागि गाउँटोल पुगेर भत्ता वितरण गरिरहेको हो। नगरपालिका र मेलौलीमा रहेको एनसीसी बैंकको शाखाले गाउँ टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो।

वर्षात्‌को समयमा स्तरीय बाटो नभएका कारण आवतजावत गर्न पनि समस्या भएका बेला उनीहरुलाई केही राहत पुगोस भनेर गाउँगाउँमा जाने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए। 

वडा नं १ को जर्केु टोलबाट सामाजिक  सुरक्षा भत्ता वितरण गर्ने कार्यको शुभारम्भ गरिएको र यो अभियान सबै वडामा लागु हुने नगरपालिकाले जनाएको छ। सरकारले उक्त भत्ता अनिवार्य बैंकिङ प्रणालीमार्फत वितरण गर्नुपर्ने नियम लगाएपछि धेरैजसो बैंकमा भत्ता बुझ्‍ने बेला ज्येष्ठ नागरिकले लामो समयसम्म लाइन बस्नुपर्ने हुँदा निकै कष्ट व्यहोर्नुपरेको थियो। नगरपालिकाले गाउँ गाउँमा गएर भत्ता दिन थालेपछि नागरिक पनि खुसी भएका छन्। नगरपालिकामा सामाजिक सुरक्षाभत्ता पाउने सूचीमा चार हजार ६०३ जना रहेका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 29, 2022| 21:15 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।