शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई पक्राउ

हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई पक्राउ

बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) प्रविण चौलागाईं बलात्कार आरोपमा पक्राउ परेका छन्।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं– बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) प्रविण चौलागाईं बलात्कार आरोपमा पक्राउ परेका छन्।

सोही प्रहरी कार्यालयको हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठमा लगेर बलात्कार गरेको आरोपमा चौलागाईं पक्राउ परेका हुन्। उनी मुद्दा शाखामा कार्यरत छन्। 

साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी महिलालाई शुक्रबार बिहान २ बजेतिर आफ्नो भवनको माथिल्लो तलामा लगेर बलात्कार गरेको आरोपमा चौलागाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटनाबारे अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज ल्याएर थुनामा राखिएको छ।

असई चौलागाईंले शुक्रबार राति प्रहरी हिरासतमा भएकी महिलालाई सोधपुछ गर्ने बहानामा आफू बस्ने माथिल्लो भवनमा पुर्‍याएको बताइएको छ।


प्रकाशित: Jul 29, 2022| 17:24 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।