शुक्रबार, असार ५, २०८३

कृषि मन्त्रालयले पायो नियमित बजेटबाहेकको १० अर्ब

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्ने कार्यक्रम सञ्चालनका लागि मन्त्रालयलाई नियमित बजेटबाहेकको रकम दिइएको हो।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्षको बजेट शीर्षकको रकमबाहेक थप १० अर्ब रुपैयाँ प्राप्त गरेको छ। कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्ने कार्यक्रम सञ्चालनका लागि मन्त्रालयलाई नियमित बजेटबाहेकको रकम दिइएको हो। 

National life

तीनदेखि पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर हुने लक्ष्यसहित कृषि मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। तिनै कार्यक्रम सञ्चालनका लागि अर्थ मन्त्रालयले यस पटक आत्मनिर्भर शीर्षकमै १० अर्ब रुपैयाँ उपलब्ध गराएको हो। 

चालू आर्थिक वर्षको बजेटमा कतै उल्लेख नभएको यो शीर्षकमा रातो किताबमा भने रकम छुट्टिएर आएको कृषि मन्त्रालयले बताएको छ। यो शीर्षकको बजेट आएपछि मन्त्रालयमा त्यसलाई कसरी खर्च गर्ने, कुन–कुन शीर्षकमा खर्चिने भन्नेबारे छलफल थालिएको छ। मन्त्रालयका सहसचिव राजेन्द्र मिश्रले भने, ‘उत्पादन एवं आत्मनिर्भरताका लागि यसअघि खुद्रामा काम भइरहेको थियो। थप बजेटले एकमुष्ट र देखिने गरी काम हुन्छ। यसले उत्पादनमा वृद्धि गरी आत्मनिर्भर हुन सहयोग पुग्ने विश्वास छ।’ 

उत्पादन वृद्धि र आत्मनिर्भर क्षेत्रमा काम गर्ने मुख्य निकाय कृषि विभाग र पशु सेवा विभाग हुन्। ती दुवै निकायलाई अध्ययन गरेर प्रतिवेदन बनाउन भनिएको र प्रतिवेदन आएपछि काम अगाडि बढ्ने सहसचिवव मिश्रले जानकारी दिए। 

‘थप बजेट संघको कृषि मन्त्रालयले मात्रै खर्च गर्न सक्दैन। अर्थ मन्त्रालयले यस्तै बजेट प्रदेश सरकारलाई पनि दिएको छ। त्यसमा थपेर प्रदेशमार्फत स्थानीय तहसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्छौं’, उनले भने। कृषि मन्त्रालयले आत्मनिर्भरका लागि गर्नुपर्ने काम र वस्तुको छनोटलगायत विषयमा कार्यविधि बनाउने तयारी गरिरहेको उनले बताए।

Shivam cement

प्रकाशित: Jul 29, 2022| 13:56 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्