शनिबार, असार ६, २०८३

एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसदहरूको माग

प्रतिनिधिसभाका सांसदहरुले एसपीपी अस्वीकार गरिएको सम्बन्धमा अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन्।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले एसपीपी अस्वीकार गरिएको सम्बन्धमा अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपी अगाडि नबढाउने सरकारको निर्णयबारे अमेरिकालाई यही साउन ९ गते पत्र पठाइएको बताएपछि सांसदहरुले त्यो पत्र सार्वजनिक गर्न माग गरेका हुन्।

National life

‘नेपाल सरकारले अमेरिकालाई पठाएको पत्र यो गरिमामय सदनमा पढेर सुनाउनुपर्छ,’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापतिसमेत रहेकी सांसद पवित्रा निरौला खरेलले माग गरिन्। उनले उक्त अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई समेत बुझाउन माग गरिन्।

‘समितिले बारबार पत्राचार गरेको छ, समितिलाई छाया कपी प्रदान गरिनुपर्छ,’ निरौलाले भनिन्। अर्का सांसद सूर्यप्रसाद पाठकले पनि एसपीपीबारे पठाइको पत्र सार्वजनिक गर्न माग गरे।

आजको बैठकमा परराष्ट्रमन्त्री खड्काले साउन ९ गते नै अमेरिकी सरकारलाई लिखित जानकारी गराएको बताएका थिए। उनले कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको बताए। परराष्ट्रमन्त्री खड्काले २०७९ असार ६ को मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरे पनि आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको स्पष्ट पारे। उनले नेपालको सर्वोच निकाय मन्त्रिपरिषद् गरेको निर्णयका विषयमा सांसदहरुले शंका व्यक्त गर्नु अस्वाभाविक भएको टिप्पणी गरे। मन्त्री खड्काले एसपीपी अगाडि नबढाउने विषयमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र रहने दाबी गरे। उनले गठबन्धन सरकार स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सक्षम रहेको पनि बताए।

मन्त्री खड्काले सांसद, सभामुख तथा विभिन्न समितिहरुले समेत जानकारी माग गरेकाले संसदमा जानकारी गएको बताए। उनले विभिन्न निकायहरुबीच एसपीपी अगाडि नबढाउने विषषमा छलफल गर्नु परेकाले केही समय लागेको स्वीकार गरे।

Shivam cement

प्रकाशित: Jul 29, 2022| 13:45 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...