बुधबार, कात्तिक १९, २०८२

यतीको जहाजमा खराबी आएपछि विराटनगरमै रोकियो

यती एयरलाइन्सको जहाजमा समस्या आएपछि विराटनगर विमानस्थलमै रोकिएको छ। काठमाडौंका लागि उडान भर्न लाग्दा खराबी आएपछि वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाज विमानस्थलमै रोकिएको हो।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९
Kumaribank
Metro Mart

विराटनगर– यती एयरलाइन्सको जहाजमा समस्या आएपछि विराटनगर विमानस्थलमै रोकिएको छ। काठमाडौंका लागि उडान भर्न लाग्दा खराबी आएपछि वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाज विमानस्थलमै रोकिएको हो। 

विराटनगरबाट काठमाडौं जाने तयारीमा रहेका सबै यात्रु चढिसकेपछि जहाजमा खराबी रहेको थाहा भएको हो। जहाज स्टार्टको तयारी हुँदै गर्दा खराबी देखिएपछि सबै यात्रुहरुलाई ओरालिएको यती एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर प्रेम कुँवरले बताए। 

बिहीबार साँझ काठमाडौंबाट आएको जहाज विराटनगर विमानस्थलमै ‘नाइट स्टप’ गरिएको उनले बताए। विराटनगरबाट ६० जना यात्रु लिएर बिहान ७ः३० बजेतिर काठमाडौंका लागि उड्ने तयारीमा रहेको समयमा खराबी देखिएको कुँवरले बताए। उनका अनुसार काठमाडौंबाट आएको प्राविधिक टोलीले अहिले मर्मतको काम गरिरहेको छ।

प्रकाशित: Jul 29, 2022| 13:10 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।