शनिबार, असार ६, २०८३

मूल्यमान्यताको राजनीति सकिएकोमा कांग्रेस नेता सिंहको चिन्ता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले अहिले मूल्यमान्यताको राजनीति अन्त्य भएको र पावर बेस्ड राजनीति अगाडि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले अहिले मूल्यमान्यताको राजनीति अन्त्य भएको र पावर बेस्ड राजनीति अगाडि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यसले गर्दा राजनीतिक दलप्रति निरासा बढेको उनको भनाइ छ।

National life

२०४६ सालपछि आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ सालको चुनावमा हराउनुले मुलुक गलत बाटोमा अघि बढेर आज यो अवस्था आइपुगेको सिंहले बताए।

अझै पनि प्राप्त उपलब्धि माथि चौतर्फी प्रहार भइरहेकोले मुलुकका सामु गम्भीर चुनौतीहरु देखा परिरहेको समेत उनले बताए। राजनीतिक दलहरु विधि, पद्धतिभन्दा आफ्नो स्वार्थ उन्मुख भएकाले झन् चुनौती थपिएको भन्दै उनले दलहरुको कार्यशैली सच्चिनुपर्नेमा जोड दिए। प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुको विकल्प नरहेको सिंहको भनाइ छ।

कांग्रेस नेता सिंह शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर १० इकाई समितिले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै थिए।

प्रकाशित: Jul 29, 2022| 12:07 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...