आइतबार, साउन २४, २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक सुरु भएको हो।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक सुरु भएको हो। 

बैठक बिहीबारदेखि सुरु भएको थियो। दोस्रो दिनको बैठकमा पोलिटब्युरो चयनलाई निष्कर्षमा पुर्‍याउने र पार्टीको संगठनात्मक कामलाई कसरी अघि बढाउने बारे छलफल हुने बताइएको छ। 

यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पोलिटब्युरोको नाम प्रस्ताव गरेका थिए। तर, धेरै सदस्यले असहमति जनाएपछि उक्त विषय तत्काललाई थाँती राखिएको थियो।

माओवादी केन्द्रको महाधिवेशन गत पुसमा सम्पन्न भएको थियो। महाधिवेशनबाट अपूरो केन्द्रीय कमिटी र अध्यक्षमा प्रचण्ड मात्र चयन भएका थिए।

माओवादी केन्द्रले पोलिटब्युरो र पदाधिकारी चयन गर्न सकेको छैन। हालै बसेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी चयन गर्न प्रचण्डलाई दबाब दिइएको थियो।

प्रकाशित: Jul 29, 2022| 10:31 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...