आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिल्ला ट्राफिक कार्यालय बागलुङद्वारा ७० लाख राजस्व संकलन

जिल्ला ट्राफिक कार्यालय बागलुङद्वारा ७० लाख राजस्व संकलन

२०७७/७८ मा १२ हजार एक सय सवारीसाधनका चालकलाई कारबाही गरी ६७ लाख ७३ हजार राजस्व संकलन गरिएको थियो
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

बागलुङ- जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गरी ७० लाख राजस्व संकलन गरेको छ। 

National life

जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा ११ हजार पाँच सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो। ट्रक, टिपर, बस, कार, जीप, ट्र्याक्टर र मोटरसाइकल नियमविपरीत सञ्चालनमा आएको पाइएकामा ट्राफिक प्रहरीले कारबाही गरेर उक्त राजस्व संकलन गरेको ट्राफिक कार्यालय प्रमुख राजकुमार केसीले जानकारी दिए। 

प्रहरीले जथाभावी सवारीसाधन चलाउने, सवारीसाधनमा अनावश्यक स्टिकर टाँस्ने, सवारीसाधान सजावट गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेलाई कारबाही गरेको हो। कारबाहीका कारण विस्तारै सडक दुर्घटनामा कमी आएको केसीले बताए। 

आव २०७६/७७ मा आठ हजार आठ सय सवारीसाधनका चालकलाई कारबाही गरी ५२ लाख तथा आव २०७७/७८ मा १२ हजार एक सय सवारीसाधनका चालकलाई कारबाही गरी ६७ लाख ७३ हजार राजस्व संकलन गरिएको थियो। ‘कारबाहीको सङ्ख्या र राजस्वमा वृद्धि भएको छ’, उनले भने। जिल्लामा गत आवमा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते भएको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ। 

प्रकाशित: Jul 29, 2022| 07:51 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।