आइतबार, जेठ ३, २०८३

काठमाडौंबाट स्कुटर चोरीमा संलग्न एक जना पक्राउ

उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुटर चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं- उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुटर चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। माछापोखरीबाट हराएको ०२ ०३७ प ९४१० नम्बरको स्कुटरसहित प्रहरीले दरबारमार्गबाट पर्वतको कुस्मा नगरपालिकाका २२ वर्षीय निरज थापालाई पक्राउ गरेको हो।

National life

मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोली खटिएको थियो।

उक्त स्कुटर तनहुँको भिरकोट गाउँपालिका वडा नम्बर ०३ घर भई हाल काठमाडौं थानकोट बस्ने बिजय थापाले काठमाडौं माछापोखरीबाट हराएको भनि निवेदन दिएका थिए। थापालाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाइरहेको छ।

प्रकाशित: Jul 29, 2022| 07:25 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।