आइतबार, साउन १७, २०८३

पत्रकारको पारिश्रमिक वृद्धि गर्न महासंघको माग

बैठकले पारिश्रमिक वृद्धि गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने र कार्यान्वयनका लागि सरकारलाई थप दबाब दिने निर्णय गरेको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- नेपाल पत्रकार महासंघले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको छ। महासंघको बिहीबार काठमाडौंमा बसेको उपलब्ध केन्द्रीय कार्यसमिति बैठकले पत्रकारले पाउँदै आएको आधारभूत पारिश्रमिक अत्यन्तै कम भएको भन्दै पुनरवलोकन गर्न माग गरेको हो। 

बैठकले पारिश्रमिक वृद्धि गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने र कार्यान्वयनका लागि सरकारलाई थप दबाब दिने निर्णय गरेको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए। 

हाल पत्रकारको आधारभूत पारिश्रमिक २४ हजार ५ सय छ। तर अहिलेको मूल्यवृद्धिअनुसार यो पारिश्रमिक समय सान्दर्भिक नभएको भन्दै महासंघले पत्रकारको पारिश्रमिक बढाउन माग गरेको हो। न्यूनतम पारिश्रमिक निर्धारण समितिले यसअघि नै २५ प्रतिशत तलब वृद्धि गर्न सिफारिस गरेको थियो। तर सरकारले त्यसबारे कुनै निर्णय गरेको छैन। 

महासंघले जेष्ठ पत्रकारका लागि सरकारले हालै सुरु गरेको आजीवन वृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयनको स्वागत गरेको छ। तर वृत्ति प्राप्त गर्नका लागि जेष्ठ पत्रकारले व्यहोर्नुपर्ने झन्झटिला प्रक्रियालाई परिमार्जन गरी सरल तुल्याउन र यसलाई धेरैभन्दा धेरै पत्रकारको पहुँचमा पुर्‍याउनका लागि आग्रह गरेको छ। 

त्यस्तै, पारिश्रमिक नदिएर भएका आन्दोलन र त्यसपछि भएका सहमतिको कार्यान्वयनका लागि समेत महासंघले सम्बन्धित संस्थाहरुको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: Jul 28, 2022| 22:06 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।