सोमबार, मंसिर १८, २०८०

नग्‍न फोटो सुट गराएको भन्दै बलिउड अभिनेता रणवीर सिंहविरुद्ध उजुरी

नग्‍न फोटो सुट गराएको भन्दै बलिउड अभिनेता रणवीर सिंहविरुद्ध उजुरी परेको छ। नग्‍न फोटो खिच्नुले महिलाको शिष्टतालाई अपमान गरेको आरोपमा मुम्बईको चेम्बर पुलिस स्टेशनमा उजुरी परेको एएनआई न्युज एजेन्सीले जनाएको छ।
 |  बिहीबार, साउन १२, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- नग्‍न फोटो सुट गराएको भन्दै बलिउड अभिनेता रणवीर सिंहविरुद्ध उजुरी परेको छ। नग्‍न फोटो खिच्नुले महिलाको शिष्टतालाई अपमान गरेको आरोपमा मुम्बईको चेम्बर पुलिस स्टेशनमा उजुरी परेको एएनआई न्युज एजेन्सीले जनाएको छ। 

sagarmatha cement

रणवीरले पेपर म्यागजिनका लागि न्युड फोटो सुट गराएका थिए। जब उनको न्युड फोटोसुट इन्टरनेटमा आयो त्यसपछि सिंगो बलिउडमा आँधी ल्याएको छ। फेसनमा नयाँ नयाँ प्रयोग गर्न रूचाउने सिंहले यो पटक न्युड फोटो सुटका कारण विवादमा आएका छन्। 

यी तस्बिरले महिलाको संवेदनाको अपमान भएको भन्दै एक गैरसरकारी संस्थाले रणवीरविरुद्ध उजुरी नै दर्ता भएको छ। उजुरीकर्ताले ‘बाजीराव मस्तानी’ अभिनेतालाई भारतीय दण्ड संहिताअनुसार फोटोसुट गराएकाले प्रविधि ऐन अन्तर्गत मुद्दा चलाउनुपर्ने माग गरेका छन्।

इन्टरनेटमा सार्वजनिक भएको तस्बीरमा रणबीरले टर्किस कार्पेटमा नग्‍न आसनहरु दिएको देख्‍न सकिन्छ। ती तस्बिर रणवीरको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पनि सेयर गरिएको थियो। तर, उनका फ्यान र भारतीय फिल्म उद्योगकर्मीले रणवीरका यी तस्बिरलाई समर्थन गरेका छन्।

प्रकाशित: Jul 28, 2022| 22:01 बिहीबार, साउन १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।