बुधबार, फागुन २०, २०८२

माल्दिभ्सका राष्ट्रपतिले भारत भ्रमण गर्ने

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आगामी हप्ता भारतको भ्रमण गर्ने भएका छन्। दुई देशको सम्बन्ध र सहकार्य थप बढाउन र विगतको समीक्षा गर्न उनी भारत आउन लाग्नु भएको भारतीय अधिकारीहरुले जनाएका छन्।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

माल्दिभ्स- माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आगामी हप्ता भारतको भ्रमण गर्ने भएका छन्। दुई देशको सम्बन्ध र सहकार्य थप बढाउन र विगतको समीक्षा गर्न उनी भारत आउन लाग्नु भएको भारतीय अधिकारीहरुले जनाएका छन्। 

भ्रमणका क्रममा राष्ट्रपति सोलिहले भारतका राष्ट्रपति द्रोपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आगामी अगस्ट १ देखि ४ सम्म सोलिह भारत भ्रमणमा रहने जानकारी दिए। 

सोलिहको औपचारिक भ्रमण टोलीमा माल्दिभ्सका अरु उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी लगायतको समेत सहभागिता हुने पनि उनले बताए। उनले भ्रमणका क्रममा भारतका व्यवसायीहरुसँग लगानी र व्यावसायिक सहकार्यका बारेमा छलफल गर्ने भएका छन्। 

भारत भ्रमणको सिलसिलामा उनी मुम्बइ पनि जानेगरी भ्रमण तालिका तय भएको अधिकारीहरुले जनाएका छन्। 'छिमेकीलाई पहिलो प्राथमिकता' भन्ने भारतको विदेश नीति अनुसार भारतले माल्दिभ्ससँगको सहकार्य बढाउदै लगेको विदेश मन्त्रालयले जनाएको छ। 

भारतले माल्दिभ्सलाई मुख्य छिमेकीको रुपमा हेर्दै आएको पनि भारतीय अधिकारीहरुको भनाई छ। पछिल्लो समय भारत र माल्दिभ्सको सहकार्य तीव्र रुपमा बढ्दै गइरहेको विदेश मन्त्रालयका प्रवक्ता बागचीले दाबी गरे। 

kumari

प्रकाशित: Jul 29, 2022| 05:30 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।