बुधबार, फागुन २०, २०८२

ईयू डिजिटल प्रदर्शनीमा फिनल्याण्ड पहिलो स्थानमा

फिनल्यान्ड युरोपेली संघ डिजिटल कार्यसम्पादनमा पहिलो स्थानमा रहेको फिनल्याण्ड सरकारले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

फिनल्यान्ड- फिनल्यान्ड युरोपेली संघ डिजिटल कार्यसम्पादनमा पहिलो स्थानमा रहेको फिनल्याण्ड सरकारले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

युरोपेली आयोगको वार्षिक डिजिटल इकोनोमी एन्ड सोसाइटी इन्डेक्सको तुलनामा अधिकतम अंक १०० रहेको छ। जसमा फिनल्याण्डले यस वर्ष ६९.६ छ प्राप्त गरेको छ। ईयूको औसत ५२. ३ रहेको छ। फिनल्याण्डले डेनमार्क, नेदरल्याण्ड र स्वीडेनलाई पछि पार्दै पहिलो स्थानमा परेको हो।

सन् २०१४ देखि इयुले सदस्य राष्ट्रहरूको डिजिटल कार्यसम्पादनको अनुगमन गर्ने गरेको छ। फिनल्याण्ड २०१९ र २०२० मा पहिलो र २०२१ मा दोस्रो स्थानमा रहेको थियो भने धेरै वर्षदेखि सूचीको शीर्ष स्थानमा रहेको छ।

यसबाट फिनल्याण्डले 'डिजिटलाइजेसनको दिशामा काम प्रभावकारी रूपमा काम गरिरहेको  प्रमाणित भएको छ। सबैको लागि दिगो भविष्य सृजना गर्न प्रविधि र सूचनाको प्रयोग भइरहेको  पनि सरकारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: Jul 28, 2022| 23:45 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।