काठमाडौं- नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन भएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट हालै बढुवा भएका एसपीहरुको पदास्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
एसपीमा बढुवा भएसँगै उनीहरुले नयाँ जिम्मेवारी पाएका हुन्। प्रहरी परिसर ललितपुरमा सुधिरराज शाही गएका छन्। अपराध महाशाखामा दुर्गाराज रेग्मीलाई पदस्थापन गरिएको छ। यस्तै, सिद्धिविक्रम शाह एसएसपीमा बढुवा भएपछि ललितपुरमा पनि एसपी खालि थियो। नेत्रमणि गिरीलाई सर्वोच्च अदालत सुरक्षाको जिम्मा दिइएको छ।