आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध बन्दैन : पूर्वराष्ट्रपति

नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध बन्दैन : पूर्वराष्ट्रपति

उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देशीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भई कसरी राष्ट्र निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्ने बताएका हुन्।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने बताएका छन्। उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देशीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भई कसरी राष्ट्र निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्ने बताएका हुन्। 

National life

'जबसम्म शिक्षित नागरिक देशको हुँदैन तबसम्म देश बन्दैन, आज शिक्षा त हामी दिन्छौं। तर रोजगारमूलक, उद्देश्यमूलक तथा राष्ट्र निर्माणमा कसरी भावना जोड्ने भन्ने खालको हुनुपर्छ। यस्तो शिक्षा कसरी आफ्नो राष्ट्र बनाउने भन्ने सोच भएका व्यक्ति उत्पादन गर्ने खालको हुनुपर्छ,' यादवले भने। उनले मुलुकको शिक्षाले राष्ट्र निर्माणको भावना जागृत गराउनुपर्ने दोहो¥याए। 

पूर्वराष्ट्रपति यादवले सीप नहुने व्यक्ति ‘अदक्ष जनशक्ति’ भएकाले लाखौँको सङ्ख्यामा विदेश पलायन हुनुपर्ने बाध्यता भएकोमा चिन्ता व्यक्त गरे। उनले भने, 'आज दक्षसहित अधिकांश अदक्ष जनशक्ति विदेश पठाइरहेका छौँ, त्यस जनशक्तिलाई रोजगारमूलक बनाइ राष्ट्र उत्थानमा लगाउनेतर्फ सबै क्षेत्र लागौँ।' राष्ट्र उत्थान गर्न थुप्रै गतिविध हुनुपर्ने भएकाले आफ्नै जनशक्तिलाई व्यावसायिक शिक्षातर्फ आकर्षित गरी आफ्नै देशमा राख्नुपर्ने उनको धारणा थियो। 

यादवले फरक प्रसङ्गमा जसको ठूलो हृदय हुन्छ उसले राष्ट्रको लागि केही गर्नेसमेत बताएका छन्। 'राष्ट्रको लागि ठूलो हृदय भएका युवाले आफ्नो देशमा केही गर्ने सोच बनाउनु सकारात्मक विषय हो, यस्ता मनले इनोभेटिभ सोच राख्दछ र काम गर्दछ,' उनले भने। उनले सेन्टरले राष्ट्र उत्थानमा योगदान पु¥याउने विश्वास लिएको उल्लेख गर्दै जनप्रतिनिधिले पनि राष्ट्रको लागि नविनतम् कार्य थालनी गर्ने युवालाई हृदयदेखि नै सहयोग गर्न आग्रह गरे। 

नेपालका लागि जर्मनीका राजदूत टोमास हाइनरिस प्रिन्चले जर्मनमा स्कुले शिक्षा उत्तिर्ण गर्ने ५० प्रतिशत विद्यार्थीलाई व्यावसायिक शिक्षातिर लैजाने गरिएको बताए। उनले नवनिर्मित सेन्टरले राम्रो जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताए। 

पनौतीका नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले युवा जनशक्ति उत्पादन गर्ने थलोका रुपमा स्थापना हुन लागेकाले एकेडेमीप्रति खुसी व्यक्त गरे। सो अवसरमा एकेडेमीका अध्यक्ष रवीन्द्र पुरीले पनौती नपा–४ डिहीगाउँस्थित १०७ रोपनी क्षेत्रफलको जग्गा सेन्टरलाई हस्तान्तरण गरेका थिए। सेन्टरको पहिलो बहुआयामिक भवन जर्मन नागरिक डा ह्यान्स् जोयछिम सिडेरको सात करोड नेपाली रुपैयाँमा जर्मन संस्था सुलन फ्यूर नेपालमार्फत निर्माण हुनेछ। सेन्टरबाट वार्षिक एक हजार व्यावसायिक जनशक्ति उत्पादन गर्ने जनाइएको छ।

प्रकाशित: Jul 28, 2022| 22:25 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।