भरतपुर- भरतपुर महानगरपालिका–१ जोरकुसुम पार्कमा सरसफाई गर्ने क्रममा चिप्लिएर नारायणी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्। बिहीबार साँझ पार्कमा सरसफाई गर्ने क्रममा गोरखा आरुघाट घर भरतपुर–२ क्षेत्रपुर बस्ने ४५ वर्षीय रमेश खनाल चिप्लिएर नारायणी नदीमा खसी बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरी अधिकारीका अनुसार उनको खोजतलासका लागि नारायणगढबाट प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धारसहितको टोली खटिई खोजतलासको कार्य भइराखेको छ।