आइतबार, भदौ २८, २०८३

एक हजार रुपैयाँ चोरीको आरोपमा श्रीमतीको हत्या

रुपन्देहीमा एक हजार रुपैयाँ चोरी गरेको आरोपमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरकी ३१ वर्षीया सावित्रा थापा क्षेत्रीलाई श्रीमान ३३ वर्षीय यमबहादुर पछाईले हत्या गरेको प्रहरीले पुष्टि गरेको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

बुटवल- रुपन्देहीमा एक हजार रुपैयाँ चोरी गरेको आरोपमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरकी ३१ वर्षीया सावित्रा थापा क्षेत्रीलाई श्रीमान ३३ वर्षीय यमबहादुर पछाईले हत्या गरेको प्रहरीले पुष्टि गरेको छ।

घटनाको अघिल्लो दिन साँझ दराजमा राखेको एक हजार रुपैयाँ निकालेर नजिकैको पसलमा गएर रक्सी खाएको झोंकमा कुटपिट गर्दा श्रीमान यमबहादुरले हत्या गरेको इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए। प्रहरीले घटनालगत्तै अनुसन्धान गरी हत्या आरोपमा श्रीमान थापालाई पक्राउ गरेको छ।

'श्रीमानले दराजमा राखेको एक हजार पैसा निकाली रक्सी किनेर खाई राति सावित्री थापा घरमा आएर सुतिन्। रातको करिब २ बजेको समयमा यम बहादुर थापा उठेर दराजमा राखेको पैसा गन्दा एक हजार कम भएपछि निज यम बहादुरले श्रीमतीलाई उठाई पैसा नसोधी किन लिई गएको भनि कुटपिट गर्ने क्रममा श्रीमतीको कपाल समाई खाटको खुट्टा र भित्तामा टाउको ठोकिदिई श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ प्रहरी निरीक्षक मरासिनीले भने।

क्षेत्रीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ। बुधबार सावित्रा थापाको  कोठामा मृत अवस्थामा शव फेला परेको थियो। 

 


प्रकाशित: Jul 28, 2022| 19:49 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।