शनिबार, असार ६, २०८३

कांग्रेसका वरिष्ठ नेता पौडेललाई भेट्न भारतीय राजदूत बोहराटार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। राजदूत श्रीवास्तवले पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन्।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। राजदूत श्रीवास्तवले पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन्।

National life

वरिष्ठ नेता पौडेलको सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग पहिलो शिष्टाचार भेट गरेको जनाएको छ। भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ। भेटका क्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

श्रीवास्तव 

भारतीय विदेश मन्त्रालयका अनुसार नेपालका लागि नयाँ राजदूतमा विदेश मन्त्रालयका अतिरिक्त सचिव नविन श्रीवास्तवलाई नेपालका लागि नयाँ राजदूतको रुपमा नियुक्त गरेको हो। उनले चाँडै जिम्मेवारी सम्हाल्नेसमेत भारतीय विदेश मन्त्रालयले जनाएको छ। 

नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न असार ११ गते काठमाडौं आइपुगेका हुन्। नेपालका लागि राजदूत नियुक्त हुनुअघि भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको रुपमा कार्यरत श्रीवास्तव भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणअघि मे १७ मा राजदूत नियुक्त भएका थिए। 

Shivam cement

उनले नेपाल पुगेपछि राष्ट्रपतिबाट ओहदाको प्रमाणपत्र बुझाएका थिए। त्यसपछि उनले औपचारिक भेटवार्तालाई अघि बढाएका हुन्। उनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सरकारका मन्त्रीहरुलगायतका नेताहरुसँग भेट गरेका छन्।

श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै मस्कोमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनका क्रममा भएको चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको साइडलाइन वार्तामा समेत श्रीवास्तव सहभागी थिए।

यसअघिका राजदूत विनयमोहन क्वात्रालाई भारतीय विदेश मन्त्रालयको सचिवमा नियुक्त गरेपछि भारतले काठमाडौंमा नयाँ राजदूतको रुपमा श्रीवास्तवलाई पठाउन लागेको हो। क्वात्राले वैशाख १८ गते भारतीय विदेश सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए। हर्षवर्द्धन शृंगलाले अवकाश पाएपछि भारत सरकारले क्वात्रालाई विदेश सचिवको जिम्मेवारी दिएको थियो।

प्रकाशित: Jul 28, 2022| 19:04 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...