आइतबार, साउन २४, २०८३

डा बाबुराम सक्रिय हुने दलको नाम परिवर्तन, चुनाव चिह्न आँखा

तत्कालीन जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई सक्रिय बन्ने दलको नाम परिवर्तन भएको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- तत्कालीन जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई सक्रिय बन्ने दलको नाम परिवर्तन भएको छ। समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन भएर नेपाल नेपाल समाजवादी पार्टी बनेको हो। 

डा बाबुराम आउने भएपछि दलले आफ्नो नाम, चुनाव चिह्न र विधान परिवर्तनका लागि निवेदन दिएको थियो। पार्टीले दिएको निवेदन निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

'दलले दिएको निवेदनमा डा बाबुराम भट्टराई भन्ने कहीँ पनि उल्लेख छैन। दीपक लामिछानेको निवेदनअनुसार समावेशी लोकतान्त्रिक पार्टीको नाम, विधान र चुनाव चिह्न परिवर्तनका लागि आयोगले स्वीकृति दिएको छ,' प्रवक्ताले पौडेलले भने।

लामिछानेले चुनाव चिह्न आँखा माग गरेका थिए। भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीले पनि यही चुनाव चिह्न पाएको थियो। 

भट्टाराईको सचिवलायका विश्वदीप पाण्डेले 'नेपाल समाजवादी पार्टी' निर्वाचन आयोगमा दर्ता भएको जानकारी दिएका छन्। उनले डा बाबुराम यसै दलबाट सक्रिय हुने बताएका छन्। 

पार्टी अध्यक्षसहित पदाधिकारीमा को-को रहने भन्ने टुंगो लाग्न बाँकी छ। 

प्रकाशित: Jul 28, 2022| 19:03 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...