सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • डा बाबुराम आउने भएपछि नाम परिवर्तन गर्दै समावेशी पार्टी, आँखा चिह्न माग

डा बाबुराम आउने भएपछि नाम परिवर्तन गर्दै समावेशी पार्टी, आँखा चिह्न माग

पुरानो नाम परिवर्तन गर्दै नेपाल समाजवादी पार्टी कायम गराउन माग गर्दै निवेदन दिएको हो। उसले चुनाव चिह्न आँखा प्रस्ताव गरेको छ। भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीले पनि यही चुनाव चिह्न पाएको थियो।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- तत्कालीन जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई आउने भएपछि समावेशी लोकतान्त्रिक पार्टीले नाम परिवर्तनका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। दलको विधानसमेत संशोधन गरी नयाँ चुनाव चिह्नका लागि दलले बिहीबार आयोगमा निवेदन दिएको हो। 

पुरानो नाम परिवर्तन गर्दै नेपाल समाजवादी पार्टी कायम गराउन माग गर्दै निवेदन दिएको हो। उसले चुनाव चिह्न आँखा प्रस्ताव गरेको  छ। भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीले पनि यही चुनाव चिह्न पाएको थियो। 

पार्टी अध्यक्षसहित पदाधिकारीमा को-को रहने भन्ने टुंगो लाग्न बाँकी छ। नेपाल समाजवादी पार्टी बनेपछि डा बाबुराम यही दलबाट सक्रिय हुने भट्टराईका स्वकीय सचिव रमेश पोखरेलले बताएका छन्। 

प्रकाशित: Jul 28, 2022| 18:44 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...