आइतबार, जेठ ३, २०८३

नागरिकता विधेयकलाई राष्ट्रिय सभाको लालमोहर

नागरिकता ऐनको संशोधन विधेयक संसदका दुवै सदनबाट पारित भएको हो।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं– बिहीबारको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट पारित भई आएको नागरिकतासम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। नागरिकता ऐनको संशोधन विधेयक संसद्का दुवै सदनबाट पारित भएको हो।

National life

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा लगेका थिए। दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनका रूपका लागू हुनेछ।

नगरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भए जन्मसिद्धका सन्तानले नागरिकता पाउनेछन्। २०४६ चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिइएको थियो।

नेपालमा झन्डै १ लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन्। आमाको नामबाट पनि नागरिकता पाइनेछ। विधेयकमा विदेशमा विवाह गरेर आउने महिलाले पनि नेपाल आएकै भोलिपल्ट अंगीकृत नागरिकता पाउन योग्य हुनेछन्। 

पहिलोपल्ट गैरआवासीय नेपालीले पनि नागरिकता प्राप्त गर्नेछन्। विधेयकमा अब नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले आमा वा बाबुको थर र ठेगाना रोज्न पाउने सुविधा छ।

प्रकाशित: Jul 28, 2022| 17:10 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।