शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुला

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुला

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक संचालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुला गरेको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं– ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक संचालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुला गरेको छ।

National life

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरसिप इन्डियाको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ।

कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सुचना प्रविधिलगायतका क्षेत्रमा नवीनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ। 

यसका साथै हरेक महिना ३ दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ। तालिम अवधिभर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ। 

आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि सुरु गरिएको यो फेलोसिप कार्यक्रमको पहिलो ब्याचमा २० जनालाई छनौट गरिएको थियो। विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरुले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानुनी तथा करसम्बन्धीका ज्ञान, व्यवसायको ब्रान्डिङ, बजारीकरण आदिजस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए। 

Shivam cement

विभिन्न अन्तर्क्रिया कार्यक्रम तथा प्रक्रियाहरुद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारिक ज्ञान उपलब्ध गराइएको थियो। आवेदनको अन्तिम दिन बैंकले भदौ २० तोकेको छ।

प्रकाशित: Jul 28, 2022| 12:26 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्