शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लगातार दोस्रो जित निकालेपछि यसरी रमाए नेपाली खेलाडी [७ तस्बिर]

लगातार दोस्रो जित निकालेपछि यसरी रमाए नेपाली खेलाडी [७ तस्बिर]

नेपालले साफ यू-२० च्याम्पियनसिप फुटबलमा दोस्रो जित निकालेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार भएको खेलमा श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं-  नेपालले साफ यू-२० च्याम्पियनसिप फुटबलमा दोस्रो जित निकालेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार भएको खेलमा श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो। 

National life

नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतीशरत्न छुन्जु र मनज्ञ नकर्मीले १/१ गोलको योगदान गरेका थिए। गोलरहित बराबरीमा सकिएको पहिलो हाफपछिको खेलमा नेपालले तीन गोल गरेको हो। 

खेलको ५८ मिनेटमा आयुषले, ६५औं मिनेटमा कृतीशले र ८४औं मिनेटमा मनज्ञले गोल गरेका थिए। दुई खेलमा दुवै जित निकालेर ६ अंक जोडेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ। 

यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो।

च्याम्पियनसिपमा भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी छन्। नेपालले अब आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 27, 2022| 22:20 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।