शुक्रबार, मंसिर १२, २०८२

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मंसिरमा

लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

बुटवल- लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ। बुधबार बसेको लुम्बिनी बिकास कोषको परिषद बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरुको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा नयाँ उभार ल्याउनका लागि  मंसिरमा अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो। 

National life

कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नेदेखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ। बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा तयारी गर्ने निर्णय पनि गरेको छ। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासमा बिशेष ध्यान दिने बताए। उनले राम्रगाम र देवदहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्वसम्पदा सचीमा सूचीकृत गर्ने बताए।

कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रको विकास गर्ने गरी सरकारले २०२३ देखि २०३३ लाई भ्रमण दशक तोकेर अगाडी बढ्ने तयारीमा सरकार रहेको समेत मन्त्री श्रेष्ठले बताए। लुम्बिनी विश्वकै पर्यटकको रोजाइमा रहेको क्षेत्र भएकाले बुद्ध सर्किटसँग जोडेर यसको विकास गर्ने गरि मन्त्रालयले काम गर्ने समेत प्रतिबद्धता जनाए।

अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई थप व्यवस्थित रुपमा सुरु गर्ने बताए। उनले विमानस्थलबाट लुम्बिनीमा बढी भन्दा बढी पर्यटक भित्रयाउने सरकारको लक्ष्य रहेको बताए। लुम्बिनी परिषद बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पेस गरिएको छ। नीति कार्यक्रममा लुम्बिनीको विकासका योजनाहरु अघि सारिएको छ।

त्यस्तै परिषदले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नका लागी आवश्यक रणनीति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिस्ट फोरम गठन जस्ता ऐजेन्डामाथि छलफल भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए। श्रेष्ठ मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका हुन्। मंगलबार साँझ लुम्बिनी पुगेका मन्त्री श्रेष्ठले लुम्बिनीको मायादेवी मन्दिर, रामग्राम र देवदहको भ्रमण गरेका छन्।

Laxmi sunrise bank
kumari

देवदहमा गोल्डेन टेम्पल उद्घाटन

लुम्बिनी विकास कोषले गौतमबुद्धको मावली गाउँ देवदहमा निर्माण गरिएको गोल्डेन टेम्पल र फोटो म्युजियमको उद्घाटन गरिएको छ। मन्त्री श्रेष्ठले गोल्डेन टेम्पल र फोटो म्यूजियमको उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बुद्धसँग सम्बन्धित क्षेत्रको विकास अबको प्रमुख प्राथमिकता रहेको बताए।

लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित क्षेत्रहरुको विकास गर्न जरुरी रहेको बताए। उद्घाटन समारोहमा देवदह नगरपालिका कार्यवाहक नगरप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), देवदह वडा न. ४ का वडाअध्यक्ष दमननाथ रेग्मी लगायतले बोल्दै अब देवदहको विकासमा विशेष जोड दिने बताए।

प्रकाशित: Jul 27, 2022| 20:25 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।