आइतबार, साउन १७, २०८३

भदौ ५ गतेसम्मका परीक्षा जारी राख्ने त्रिविको निर्णय

त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्मका परीक्षा जारी राख्ने निर्णय गरेको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्मका परीक्षा जारी राख्ने निर्णय गरेको छ। 

त्रिविले अहिले सञ्चालनमा रहेका परीक्षा स्थगित नगर्ने निर्णय गरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘भदौ ५ गतेसम्म सञ्चालन गर्ने भनेका पूर्वनिर्धारित परीक्षाहरू रोकिँदैनन्, निरन्तर चल्छ। पूर्वनिर्धारित परीक्षाहरू गर्ने र अब नयाँ गर्ने परीक्षाबारे के गर्ने भन्ने पछि बैठक बसेर निणर्य गर्छौं।’

त्रिविलाई परीक्षा स्थगित गर्न चौतर्फी रुपमा दवाव आएपनि अहिले सञ्चालनमा रहेका परीक्षामा विद्यार्थी संख्या कम भएकाले स्थगित गर्न नसकिने जनाएको हो।

प्रकाशित: Aug 08, 2021| 19:03 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्