शुक्रबार, असार ५, २०८३

जनकपुर चुरोट कारखाना सञ्‍चालन गर्दै सरकार

सरकारले जनकपुर चुरोट कारखाना सञ्‍चालनमा ल्याउने तयारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबार जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताए।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं– सरकारले जनकपुर चुरोट कारखाना सञ्‍चालनमा ल्याउने तयारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबार जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताए। 

National life

सो चुरोट कारखाना लामो समयदेखि बन्द छ। यो सरकारी स्वामित्वमा अझै पनि रहेको छ। सो कारखानाको निरीक्षण गरेपछि सञ्‍चारकर्मीसँग कुराकानी गर्ने क्रममा मन्त्री बडूले सो कारखानामा भएको मेसिनहरुको अध्ययन गरेर चलाउन सक्नेजति मेसिनहरु सञ्‍चालनमा ल्याउने बताएका हुन्। 

राष्ट्रिय उत्पादन बढाउनका लागि सरकारले भए भरका सबै विकल्पहरु अपनाउने भन्दै भएका उद्योगहरुको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा सञ्‍चालन गर्ने, नयाँ उद्योग खोल्ने र  रुग्ण उद्योग सञ्चालनमा ल्याउने लगायतका योजना बनाएको मन्त्री बडूले जानकारी दिए।

उनले रुग्ण उद्योगहरु निजी क्षेत्रसँग सहकार्य वा भाडामा दिएर भएपनि सञ्‍चालन गर्ने, पुराना उद्योगहरु पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई विभिन्‍न सहुलियत दिएर आकर्षित गर्ने जानकारी दिए। 

त्यस्तैगरी मन्त्री बडूले सरकारको स्वामित्वमा रहेका विराटनगर जुटमिल,जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल घागो उद्योग, गोरखकाली रबर उद्योग बन्द रहेको र मुलुकको अर्थतन्त्रलाई उकास्नका लागि ती उद्योगहरु सञ्‍चालनमा ल्याउन जरुरी रहेको धारणा राखे। 

Shivam cement

उनले मुलुकको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न, आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सञ्‍चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको जिकिर गरे।


प्रकाशित: Jul 27, 2022| 18:53 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्