शुक्रबार, असार ५, २०८३

नेप्से परिसूचक २३.८३ अंकले बढ्यो

हिजो मंगलबार उच्च अंकले गिरावट भएको नेप्से परिसूचक आज अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं– हिजो मंगलबार उच्च अंकले गिरावट भएको नेप्से परिसूचक आज अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ। बुधबार नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ।

National life

कारोबारमा आएका २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता सेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको थियो।

बुधबार फाइनान्स र हाइड्रोपावर कम्पनीहरुमा नै लगानीकर्ताको बढी आकर्षण देखिन्छ। विकास बैंक, माइक्रोफाइनान्स र अन्य उपसमूहका कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण केही बढेको देखिन्छ। नेप्सेका १३ वटा उपसमूहमा व्यापार उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ। व्यापार उपसमूहको ०.५८ प्रतिशतले गिरावट आएको छ।

बुधबार कारोबारमा आएका जानकी फाइनान्स, युनाइटेड मोदी र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेष्डो लघुवित्तको ९.९७ प्रतिशत र जाल्पा सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ।

प्रकाशित: Jul 27, 2022| 16:33 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्