बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • रुपन्देहीको कल सेन्टरमार्फत गरिने ठगीबारे सीआईबीको टोलीले थाल्यो अनुसन्धान

रुपन्देहीको कल सेन्टरमार्फत गरिने ठगीबारे सीआईबीको टोलीले थाल्यो अनुसन्धान

रुपन्देहीको तिलोत्तमास्थित ब्लु स्काई सोलुसन नामक कल सेन्टरले गैरकानुनी रुपमा गरेको कारोबारबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनुसन्धान थालेको छ। साइबरसम्बन्धी विज्ञसहितको प्रहरी अधिकृतको दुई जनाको टोलीले मंगलबारबाट अनुसन्धान थालेको हो।
 |  मंगलबार, साउन १०, २०७९

विनोद परियार

विनोद परियार

मंगलबार, साउन १०, २०७९

बुटवल- रुपन्देहीको तिलोत्तमास्थित ब्लु स्काई सोलुसन नामक कल सेन्टरले गैरकानुनी रुपमा गरेको कारोबारबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनुसन्धान थालेको छ। साइबरसम्बन्धी विज्ञसहितको प्रहरी अधिकृतको दुई जनाको टोलीले मंगलबारबाट अनुसन्धान थालेको हो।

triton college

सोमबार साँझ बुटवल आइपुगेको टोलीले मंगलबारबाट बरामद गरिएका कप्युटर, ल्यापटप र कल सेन्टरमा ऋण प्रवाहका लागि प्रयोग गरिएको एप्सहरुको बारेमा अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए। 

साइबरसम्बन्धी जनशक्ति नहुँदा रुपन्देही प्रहरीले अनुसन्धान ब्यूरोबाट अनुसन्धानका लागि टोली मगाएको थियो। आइतबार रुपन्देहीको तिलोत्तमा २ जानकीनगरमा ब्लुस्काइ सोलुशन नामक कल सेन्टरमा प्रहरीले छापा मार्दा नेपालबाट भारतीय नागरिकलाई बैंकिङ ऋण प्रवाहका नाममा ठगी गर्ने गरेको पत्ता लगाएको थियो। कल सेन्टर दर्ता भए पनि अन्य कुनै साइनबोर्ड समेत नराखेर शंकास्वद काम गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ। 

इन्टरनेटमार्फत हुने अपराध भएकाले साइबर सम्बन्धी विज्ञ टोलीले अनुसन्धान थालेको हो। ठगि कसुरमा मुख्य अभियुक्तका रुपमा भारत बिहार‍को गायविद्या पञ्चायत मचारी घर रहेका २५ वर्षीय जिसाद दबङ भन्ने निरञ्जन कुमार र दाङ घोराही उपमहानगरपालिका १३ का ४० वर्षीय हिमाल बाठामगरलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। बैंकिङ एप्समार्फत ऋणको प्रलोभनमा पारेर सर्वसाधरणलाई पीडित बनाएको आरोप लगाएको छ। तिलोत्तमा २ जानकीनगर रुरुपथस्थित प्रेमराज गुरुङको घरमा कल सेन्टरले मासिक ३ लाख २५ हजार तिरेर घर भाडामा लिएको थियो। 

रुपन्देहीमा प्रहरीले छापा मारेलगत्तै काठमाडौंस्थित तीनकुनेमा रहेको स्काई वर्ल्ड सर्भिस सेन्टरमा पनि छापा हानेको छ। प्रहरीले उक्त कल सेन्टरबाट ३३ नेपालीसहित चिनियाँ र भारतीय नागरिलाई पक्राउ गरेको थियो। रुपन्देहीको तिलोत्तमा र काठमाडौंको कल सेन्टरबीच सम्बन्ध रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। बुटवल आएको अनुसन्धान ब्युरोले काठमाडौंसहित देशका मुख्य सहरमा पनि कल सेन्टर सञ्चालन भएको हुनसक्ने आशंका सहित अनुसन्धान अघि बढाएको बताएको छ। 

corrent noodles
Metro Mart



प्रकाशित: Jul 26, 2022| 19:36 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।