सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोहलपुरमा गढरिया दम्पतीको हत्या कि आत्महत्या? 'क्लु' खोज्दै प्रहरी

कोहलपुरमा गढरिया दम्पतीको हत्या कि आत्महत्या? 'क्लु' खोज्दै प्रहरी

उनीहरूको एक वर्ष पहिले मात्रै बिहे भएको थियो। कृष्णको परिवार पनि सम्पन्नै थियो। हाइवेमा घर-जमिन भएकाले उनीहरूको आर्थिक अवस्था राम्रै थियो।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं- बाँकेको कोहलपुर-१४ पार्वतीपुरस्थित कोहलपुर-नेपालगञ्ज सडक खण्डअन्तर्गत मेन रोडमा एक तले लामो घर छ। घरको मुनि होटल छ। मुख्य हाइवे भएकाले बाटोमा रातभरजसो नै चहलपहल भइरहेको हुन्छ। उक्त स्थान औद्योगिक क्षेत्र पनि हो। 

National life

घरमुनि होटल भएकाले रात्रीकालीन यात्रा गर्ने कतिपय यात्रु उक्त होटलमा खाना पनि खान्छन्। पार्किङस्थल भएकाले कतिपय ट्रक ड्राइभरको खाना खाने ठाउँ पनि त्यही होटल हो। सधैंझैं सोमबार पनि उक्त क्षेत्र व्यस्त नै थियो। राति घरका चार जना सदस्यले सँगै खाना खाएका थिए। २५ वर्षीय कृष्णकुमार गढरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जली गढरियाले पनि बेलुकी परिवारका अन्य सदस्यसँगै सँगै खाना खाए र सुत्न आफ्नो कोठामा गए। अगाडिपटिको सटर भाडामा दिएका उनीहरू पछाडि बस्थे। 

राति सुतेका उनीहरूलाई बिहान कृष्णकुमारकी भाउजूले मृत फेला पारिन्। उनी चिच्याउँदै बाहिर आइन्। बाहिर होटल सञ्चालकले के भयो भनेर सोधे। उनले घटनाबारे भनिन्। होटल सञ्चालक पनि उनीसँगै पछि लागेर गए।

भित्र पुग्दा कृष्णको दायाँ हातको नाडीमा धारिलो हतियारले काटेको र रगताम्य अवस्थामा शव फेला परेको थियो। उनकी श्रीमती मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको अवस्थामा कोठामा शव फेला परेको थियो। शव उत्तानो अवस्थामा रहेको प्रहरीले जनाएको छ।

राति सुतेका उनीहरूलाई बिहान कृष्णकुमारकी भाउजूले मृत फेला पारिन्। उनी चिच्याउँदै बाहिर आइन्। बाहिर होटल सञ्चालकले के भयो भनेर सोधे। उनले घटनाबारे भनिन्। होटल सञ्चालक पनि उनीसँगै पछि लागेर गए।

घटनास्थल पुगेका कोहलपुरका पत्रकार कृष्ण वलीले नेपाल समयलाई घटनाबारे बताएका हुन्। उनले स्थानीयसँग कुरा गर्दा औ‍द्योगिक क्षेत्र रहेकै स्थान र रातभरजसो चहलपहल भइरहने स्थानमै घटना कसरी घट्यो भन्नेबारे स्थानीय नै चकित रहेको पाएको बताए। 'घर लामो छ, अगाडि होटल छ। होटलमा खानासमेत पाइन्छ। होटलअघि राति चार वटा ट्रक रोकेर राखिएका थिए। नेपालगञ्ज मेडिकल कलेज आउजाउ गर्नेहरू नै रातभर त्यो बाटोमा ओहोरदोहोर गरिरहेका हुन्छन्,' उनले भने। घटनाबारे कसैले जानकारी छैन भन्नु र राति दाइभाउजूले आफूहरू घरको छतमा रहेको र घटनाबारे जानकार नरहेको बताउनुले पनि घटना रहस्यमय भएको अनुमान लगाउन सकिने उनले बताए।

बिहान बुझ्दा भाउजूले प्रहरीसँग आफूहरू छतमा रहेको र राति केही थाहा नपाएको बताएको वलीले जानकारी दिए। उनले घरभित्र र कोठाहरूमा रगत लतपतिएको देखिएकाले पनि घटना रहस्यमय भएको बताए। 'पुरुषको हातको नाडी काटिएको अवस्थामा शव फेला परेको छ। महिला उत्तानो अवस्थामा कोठामा फेला परेकी थिइन्,' उनले भने। कृष्णका बुवा-आमा भारतको बिहार गएको अवस्थामा घटना घटेको वलीको भनाइ छ।

उनीहरूको एक वर्ष पहिले मात्रै बिहे भएको थियो। कृष्णको परिवार पनि सम्पन्नै थियो। हाइवेमा घर-जमिन भएकाले उनीहरूको आर्थिक अवस्था राम्रै थियो। कृष्ण घरअघि रहेको प्रेसर कुकर उद्योगमा काम गर्थे। श्रीमतीले भने घरधन्दा सम्हाल्दै आएकी थिइन्। 'छरछिमेकमा बुझ्दा कृष्ण दम्पतीको कहिले पनि घरायसी विवाद हुने गरेको पाइएन। उनीहरूको घरपरिवारमा राम्रै मेलमिलाप देखिन्छ। दुई दाजुभाइ बीचमा पनि राम्रो सम्बन्ध देखिन्छ,' वलीले भने। 

वरपर उद्योग रहेकाले र ती उद्योगमा गार्डहरू पनि हुने भएकाले त्यो स्थान सुरक्षाका दृष्टिले पनि राम्रै रहेको उनले बताए। त्यस्तो स्थानमा घटना घट्नु सुरक्षाका दृष्टिकोणले निकै चुनौतीपूर्ण भएको वलीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी मधुसुदन न्यौपानेले घटना शंकास्पद भएको बताए। उनले घरमै सुतेको अवस्थामा बिहान नउठेपछि मृतकका आफन्तले प्रहरीलाई खबर गरेपछि घटनाको जानकारी भएको बताए।

घटनास्थलमा प्रहरी पुग्दा मृतक कृष्णको बायाँ हातको नाडीमा धारिलो हतियारले काटेको चोट रहेको र उनी रगताम्य अवस्थामा भेटिएको साथै उनकी पत्नी अञ्जली उत्तानो अवस्थामा रहेको न्यौपानेले बताए। घटनास्थलमा पुगेर स्थलगत मुचुल्का गरी दम्पतीको शव पोष्टमार्टमको लागि भेरी अस्पतालमा पठाएको छ।

'घटनाको प्रकृति हेर्दा शंकास्पद छ। यसको गहन अनुसन्धानमा जुटिसकेका छौं। पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको थप उजागर हुनेछ। घटनास्थल र शवको अवस्था हेर्दा हत्या हो कि आत्महत्या प्रष्ट हुन सकेको छैन। यस विषयमा थप अनुसन्धान भैरहेको छ,' न्यौपानेले भने। दोषी कुनै हालतमा उम्किन नपाउने दाबी उनले गरे।

प्रकाशित: Jul 26, 2022| 14:18 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।