काठमाडौं– पाँच करोडभन्दा बढी घूस लिएको आरोप लागेपछि स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसिया स्वास्थ्य मन्त्रालय तानिएका छन्। मंगलबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको निर्देशनमाउनलाई पत्र काटेर आजै ५ बजेभित्र मन्त्रालय उपस्थित हुन निर्देशन दिइएको छ।
चौरसियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घूस लिएको आरोप लागेको छ। यसैगरी, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको र ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको आरोप लागेको छ।