शनिबार, असोज ६, २०८०

झापाका तीन किशोरीले आत्महत्या गरेको पुष्टि

झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीले आत्महत्या गरेको पुष्टि भएको छ।
 |  मंगलबार, साउन १०, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं– झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीले आत्महत्या गरेको पुष्टि भएको छ। कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्ले गाउँस्थित सुनकोसी चिया बगानमा उनीहरुको शव फेला परेको थियो।

sagarmatha cement

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम गर्दा झुन्डिएर मृत्यु भएको देखिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आत्महत्याको कारणबारे भने केही खुल्न सकेको छैन।

गएको शनिबार कचनकवल गाउँपालिका–५ का पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली, सोही स्थान बस्ने पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाकुमारी घुम्न जाने भन्दै परिवारलाई जानकारी गराएर घरबाट निस्किएका थिए।

आइतबार बिहान उनीहरु कचनकवल–५ बेल्लेगाउँस्थित सुनकोसी चिया बगानमा बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परे। घटना धेरै शंकास्पद नदेखिए पनि अनौठो प्रकारको भएकाले सुक्ष्म ढंगबाट अनुसन्धान गरिने प्रहरीले बताएको छ।

प्रकाशित: Jul 26, 2022| 13:52 मंगलबार, साउन १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।