सोमबार, जेठ ४, २०८३

गुल्मीमा ३ वर्षमा ३३९ जना हराए

घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्नेलगायत कारण हराउने महिलाको संख्या बढ्दै।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

गुल्मी– कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ मा घरबाट हिँडिन्। उनी आफू मात्रै गइनन्, ८ वर्षीया छोरी पूजालाई पनि सँगै लगिन्। छविकला आउने आशामा परिवारले झन्डै १५ दिनसम्म धेरै ठाउँमा खोजतलास गरे पनि फेला पारेनन्।

National life

जेठ ४ मा देवर भीमबहादुरले जिल्ला प्रहरी कार्यालयमा भाउजू हराएकाले खोजिदिन निवेदन दिए। भाउजू आफूखुसी भागेर हिँडेको पीडकको निवेदनमा उल्लेख थियो। छविकलालाई परिवार, स्थानीय एवं प्रहरीले हराएको सूचीमा राखेर खोजी गरिरहे पनि अहिलेसम्म फेला परेकी छैनन्। 

रेसुंगा नगरपालिका–८ की ईश्वरी कार्की पनि गत जेठ ८ मा घरबाट हिँडिन्। ३४ वर्षीया उनले पनि २ वर्षीया छोरीलाई सँगै लिएर गइन्। सोही दिन श्रीमान् नारायण कार्कीले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजी गरिदिन आग्रह गर्दै उजुरी दिए। ईश्वरी हराएको दुई महिना हुँदा पनि अहिलेसम्म अत्तोपत्तो छैन। उनलाई प्रहरी र आफन्तले खोजिरहेका छन्। 

थापा र कार्की त हराएर नभेटिनेमध्येका केही प्रतिनिधिमूलक पात्र मात्रै हुन्। पछिल्लो तीन वर्षमा जिल्लामा ३३९ जना हराएका छन्। आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म उक्त संख्यामा महिला, बालक, बालिका र वृद्ध हराएका हुन्। हराएकामध्ये २२ जना अझै भेटिएका छैनन्। बाँकी ३२४  जना सम्पर्कमा आएका थिए।

आर्थिक वर्ष २०७६/७७ मा ६९ महिला, सात बालक, २१ बालिका र वृद्ध गरी कुल १०८ जना हराएका थिए। हराएकामध्ये सबै सम्पर्कमा आएका थिए।

आर्थिक वर्ष २०७७/७८ मा ७३ महिला, पाँच बालक, १० बालिका र चार वृद्ध गरी ९२ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये चार महिला, एक बालक र दुई वृद्ध गरी सात जना अझै नभेटिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, आव २०७८/७९ मा ९५ महिला, ११ बालक, ३० बालिका र तीन वृद्ध गरी १३९ जना हराएका थिए। तीमध्ये १० महिला, ९ बालक र तीन बालिका गरी १५ जना अझैसम्म नभेटिएको  कार्यालयका सूचना अधिकारी (डीएसपी) माधवराज खरेलले बताए। हराएकामध्ये १७ देखि ४० वर्षसम्मका महिला थिए। 

श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना धेरै हुने गरेको उनले  बताए। त्यसका साथै घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्नेलगायत कारण महिला हराउने गरेको पाइएको छ। 

यस्तो समस्या समाधानका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, महिलालाई आत्मनिर्भर बनाउनेलगायत कार्य गरिए मानिस हराउने संख्यामा कमी आउने सूचना अधिकारी खरेलको भनाइ छ। हराएका मानिस पत्ता लगाउन उनीहरुको मोबाइल, फेसबुक, इन्टरनेटका साथै देशका अन्य ठाउँका प्रहरीलगायत स्रोत परिचालन गरिएको उनले जानकारी दिए। –रासस

प्रकाशित: Jul 26, 2022| 13:51 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।