विराटनगर– किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले करातेका दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ।
१९ वर्षीया किशोरी बलात्कारको आरोपमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै कराते प्रशिक्षक हुन्। राउत राष्ट्रिय खेलकुद परिषद् मोरङ र सुवेदी संखुवासभाका प्रशिक्षक हुन्। होटलमा लगेर आफूलाई दुईजनाले बलात्कार गरेको जाहेरी किशोरीले दिएपछि आइतबार उनीहरु पक्राउ परेका हुन्।
राखेपबाट २०५२ सालमा करारमा प्रशिक्षक नियुक्त दुवैले २०६१ सालदेखि स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए।