सोमबार, साउन १८, २०८३

पहिरोले घर पुरिँदा धादिङमा एक जनाको मृत्यु

अबिरल वर्षापछि खसेको पहिरोले पुरिएर धादिङको निलकण्ठ नगरपालिकामा एक जनाको ज्यान गएको छ।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं- अबिरल वर्षापछि खसेको पहिरोले पुरिएर धादिङको निलकण्ठ नगरपालिकामा एक जनाको ज्यान गएको छ। 

पहिरोले बेसारे बेंसीघरका भरत रानाको घर पुरिँदा उनकी बुहारी शर्मिला रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोले पुरिएर बेपत्ता भएकी मृतक रानाको शव सुरक्षाकर्मीले निकालेका थिए। शव पोष्टमार्टनका लागि जिल्ला अस्पताल धादिङ लगिएको छ।

राति सुतिरहेको अवस्थामा घरमाथि डाँडाबाट पहिरो खस्दा रानाको घर पुरिएको थियो। 

रानाका छोराहरू विदेश छन्। घरमा साशुसशुरा र बुहारी मात्र बस्थे। सासुससुरा गोठमा सुतेकाले  ज्यान जोगिएको प्रहरीको भनाइ छ। मृत्तक राना स्थानीय स्कुलमा पढाउने शिक्षिकासमेत हुन्।

प्रकाशित: Jul 26, 2022| 12:16 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।