शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण नेपाली बजारमा

डीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण नेपाली बजारमा

डीएचआई इलेक्ट्रोनिक्सले डीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू नेपाली बजारमा भित्र्याएको छ।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं– डीएचआई इलेक्ट्रोनिक्सले डीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू नेपाली बजारमा भित्र्याएको छ। 

National life

काठमाडौंमा आयोजित कार्यक्रममा डीएचआई ब्रान्डका विभिन्न उत्पादनहरू जस्तै– घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणहरूअन्तर्गत टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजेरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रिजरलगायतका अन्य घरेलु उपकरणहरू प्रदर्शन गरिएको थियो । 

डीएचआई इलेक्ट्रोनिक्सले डीएचआई ब्रान्डका घरायसी उपकरणहरूले भान्सा र घरमा ग्राहकहरूलाई सहजता र चुस्तता प्रदान गर्ने दाबी गरेको छ । अझ  विशेष गरी महिलाहरूले आफ्नो रुचि, करियर वा परिवारसँग बिताउनका लागि थप समय र ऊर्जा प्राप्त गर्नेछन् ।

देशमा पेट्रोलियम पदार्थको आयातले व्यापारघाटालाई थप चुनौतीपूर्ण बनाइरहेको स्थितिमा आफ्नै देशको ऊर्जा खपत गरी अर्थतन्त्रमा पर्न जाने आर्थिक भार कम गर्न पनि डीएचआईका विद्युतीय उपकरणहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछ । त्यसबाहेक, डीएचआई ब्रान्डका नयाँ उत्पादनहरूले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरी बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ ।

डीएचआई इलेक्ट्रोनिक्सले करिब दुई वर्षयता नेपालमा सेट–टप बक्सको निर्माण र वितरणमा अग्रणी भूमिका खेल्दै आएकोमा पछिल्लो समय स्वदेशी बजारमा इलेक्ट्रोनिक्स र घरायसी उत्पादनहरूको मागलाई मध्यनजर नगरी डीएचआई ब्रान्डअन्तर्गत आफ्नो गुणस्तरीय उत्पादनहरू बजारमा ल्याएको छ ।

Shivam cement

प्रकाशित: Jul 26, 2022| 11:54 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्