शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुरानो गाडी चेरी कारसँग एक्सचेन्ज गर्दा ६ लाखसम्मको फाइदा

पुरानो गाडी चेरी कारसँग एक्सचेन्ज गर्दा ६ लाखसम्मको फाइदा

कुनै पनि पुरानो गाडी चेरी ब्रान्डको कारसँग एक्सचेन्ज गर्दा ६ लाखसम्मको फाइदा लिन सकिने स्किम आएको छ।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं– कुनै पनि पुरानो गाडी चेरी ब्रान्डको कारसँग एक्सचेन्ज गर्दा ६ लाखसम्मको फाइदा लिन सकिने स्किम आएको छ। चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले कुनै पनि ब्राण्डको पुरानो गाडी ल्याएर चेरीका नयाँ गाडी साट्न सकिने स्किम ल्याएको हो।

National life

कम्पनीका अनुसार एक हप्तासम्म हुने एक्सचेन्ज अफरमा ग्राहकले ६ लाख ३१ हजारसम्मको फाइदा लिन सक्नेछन्। कम्पनीले थापाथलीमा रहेको चेरीको शोरुममा सोमबारदेखि सुरु गरेको एक्सचेन्ज क्याम्प आगामी आइतबारसम्म संचालन हुने जनाएको छ।

यस अवसरमा ग्राहकले कुनै पनि ब्रान्डको पुरानो कारसँग नयाँ चेरी ब्रान्डका कार एक्सचेन्ज गर्न सकिन्छ। यसरी एक्सचेन्जमा आउने ग्राहकलाई चेरीले ४ लाख रुपैयाँसम्म नगद छुट उपलब्ध गराउने जनाएको छ। यसरी एक्सचेन्ज गर्दा आकर्षक लोयल्टी बोनस १ लाखसम्म दिने र एक्सचेन्ज बोनसबापत पनि १ लाखसम्म उपलब्ध गराउने कम्पनीले उक्त अफरमा उल्लेख गरेको छ।

यसैगरी कम्पनीले ग्राहकलाई १ वर्षको इन्स्योरेन्स र १ वर्षको वार्षिक सवारी कर दिने जनाएको छ। हाल नेपालमा चेरीको टिगो सिरिजहरु मात्र उपलब्ध छन्। यो एक्सचेन्ज अफर पनि यसै मोडलको गाडीहरुमा उपलब्ध हुनेछन्।

प्रकाशित: Jul 26, 2022| 11:44 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्