जुम्ला- पहिरोका कारण सुर्खेत–जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
प्रहरीका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ।
राजमार्ग अवरुद्ध भएसँगै सुर्खेतदेखि जुम्लाका लागि छुटेका सवारी साधनहरु बीचमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन्। अस्थायी प्रहरी पोष्ट हुम्ला कालिकोटबाट प्रहरीको टोली र स्थानीयको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको बताइएको छ।