सोमबार, जेठ ४, २०८३

काभ्रेको महत बस्ती पहिरोको जोखिममा

आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

National life

काभ्रे- काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ। आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ। 

भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब १२–१४ घरधुरी जोखिममा परेको जानकारी दिए। ‘बस्ती नजिकै पहिरो गएका कारण त्यसको असरले नजिकैका घर तथा शौचालय भएको ठाउँमा नै धाँजा फाट्दै गएकाले जोखिममा परेको छ’, उनले भने, ‘त्यस्तो अवस्थामा त्यहाँका बासिन्दा घरमा बस्न सक्ने अवस्थामा छैनन्।’ बस्ती अन्यत्र सार्न आवश्यक देखिएकाले विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए।

वर्षाकै कारण भुम्लु –१ स्थित कालीदेवी प्राथमिक विद्यालयको भवन माथिबाट खसेको पहिराले पुरिएर क्षति पुगेको छ भने वडा नं ६ कोलातीस्थित जनता माध्यमिक विद्यालयको भवन छेउ भासिएको छ।

प्रकाशित: Jul 26, 2022| 08:36 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।